Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

तुर्किस्तान पठाइदिने भनेर ठगी गरेको आरोपमा एक पक्राउ

Wednesday, August 28, 2019 National Power

काठमाडौं- प्रहरीले तुर्किस्तान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सुशील सिंह राठौरका अनुसार तामाङलाई बुधबार जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको हो । उनी गाडी चालक हुन् ।

‘उनले भोजपुरका उमेशकुमार तामाङलाई तुर्किस्तानमा सेक्यूरिटी गार्डमा जागिर लगाइदिन्छु भनेर ३ लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएको उजुरी परेको थियो’, राठौरले भने, ‘अनुसन्धानका सिलसिलनमा हामीले उनलाई पक्राउ गरेका छौं ।’

उनका अनुसार तामाङले अन्य ४ जनाबाट पनि ३ लाख रुपैयाँको दरले रकम लिएर ठगी गरेको खुलेको छ । सोही प्रकृतिका घटना दोहोरिनसक्ने भएकाले सचेत रहनसमेत महाशाखाले अनुरोध गरेको छ ।