Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रवि लामिछानेसहित ३ जनाको बहस सकियो, आदेश केहीवेरमा

Monday, August 26, 2019 National Power

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सोमबार थुनछेक बहस सकिएको छ । पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको हो ।

जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजालासमा बहस सकिएको अदालतका रजिष्टार रुद्रमणि गिरीले बताए । उनले भने, ‘दुवै पक्षबाट बहस सकिएको छ । आदेश आउन एक घन्टा जति लाग्ला ।’

गत २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएको थियो । पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए ।