Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

महिला सशक्तिकरण सम्बन्धी वृत्तचित्र र डकुमेन्ट्री बन्ने

Wednesday, August 21, 2019 National Power

काठमाडौं – चलचित्र विकास बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिको बैठकले महिला सशक्तिकरण सम्बन्धीका लघु चलचित्र निर्माण गर्ने निर्णय गरेको छ । जस अनुसार उक्त समितिले महिलाको जनस्तर उकास्न, महिलालाई सक्षम बनाउने चेतनामूलक लघु चलचित्रहरु निर्माण गर्नका लागि पहिलो बैठकबाट सूचना माग भएबमोजिम आवेदन परेको र त्यसबाट छनौट गरी लघु चलचित्र निर्माणका लागि अनुमति दिइएको समितिको संयोजक सवनम मुखियाले जानकारी दिइन् ।

निर्देशनमा अम्बिका भण्डारी, आशुका अर्याल, मिरोन राजभण्डारी, मिरा गुरुङ छनौट भएका छन् । त्यस्तै छायाँकनमा अन्जिता लामा, इतुषा पोखरेल छनौट भएका छन् भने लेखनमा सबु सुवेदीलगायतका छनौट भएका छन् । आगामी असोज १–३ गतेसम्म वीरगन्जमा निर्माता संघले आयोजना गर्न लागेको चलचित्र महोत्सवमा महिला चलचित्रकर्मी सशक्तिकरण समितिले निर्माण गरेको लघु चलचित्रलाई प्रदर्शन गरिने भएको छ ।

सवनम मुखियाको संयोजकत्वमा बनेको महिला चलचित्रकर्मी सशक्तिकरण समितिमा निर्देशक तथा सम्पादक रक्षासिंह राणा, चलचित्र पत्रकार गीता अधिकारी, निर्देशक तथा संचारकर्मी संगीता श्रेष्ठ, लेखक तथा कलाकार जय ओझा, पत्रकार सविता पोखरेल, सञ्चारकर्मी रिना मोक्तान र चलचित्र विकास बोर्डको अधिकृत निर्मला चौलागाईं रहेका छन् ।