Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

शैलुङ्गको चम्किलो तारा

Sunday, August 18, 2019 National Power

काठमाण्डौ – कहिले काहीँ स्थानीय प्रतिभा नै यस्ता तीखो र पारखी निस्कन्छन कि त्यो सोचेभन्दा माथी को बिषय हो।कला प्रस्तुति ले पनि कहिले काहीँ कुनै ठाउको शोभा नै हराभरा बनाइदिन्छ। नृत्य,गायक,कलाकार तथा बिबिध कला माध्यम बाट कुनै पनि ठाउको सान बढछ भन्ने कुरा मा कुनै संका नै छैन।कला मार्फत ,कलाकार ले आफ्नो ठाउको नाक उच्छ राख्ने बिषय भन्न जति सजिलो छ त्यो गर्न अत्यन्तै कठिन पनि छ।

युबा उमेर भयपछि वा मानिस परिपक्क भयपछी आफ्नो कलाले आफ्नो ठाउँ चिनाउनु स्वभाबिक होला तर तपाइहरुले बिश्वास गर्नुहुन्छ ८ बर्षको कलिलो उमेरको नानिले नत डान्स सेन्टर मा सिकेर न त अरुले सिकायर आफैले भिडियो हेर्दै एउटा जिल्ला नै धमाका बनाउने गरि आफ्नो नृत्य प्रस्तुत गरेको ,सायद बिल्कुल कम नै सुन्नु भयको छ। त्यस्तै ८ बर्षको सानो उमेरमै नृत्य मार्फत दोलखाको शैलुङ्ग गा।पा ९८ निबास बालिका बालकलाकार रन्जना थपलिता यतिबेला सबैको आखाको नानी बनेकी छिन ,जतिबेला पनि आखैमा रहिरहने महत्वपूर्ण ।गाउमै बसेर कुनै गुरु बिना यति ख्याती कमाउनु चानचुने कुरा हुँदै होइन यो एउटा उदाहरण नै हो।

रन्जना को नृत्य ले सबैजना दन्ङ्ग भै रहेका छन।करिब १ बर्ष देखि शैलुङ्ग लगायत आसपासका ठाउँ हरुमा,उनको यति सानै उमेरमै प्रशंसा योग्य नृत्य मनपराइ मन्त्रमुग्द हुदै उनको कलालाइ हजारौले प्रोत्साहन गर्दै नगद तथा बिबिध उपहार हरु प्रदान गरेपछी उनको कला प्रस्तुत गर्न उत्साह थप हुदै गयको छ।

आजसम्म जम्मा ५ भन्दा माथि प्रस्तुती दिइसकेकि उनले चर्चा को छोटो समयमै चर्चाको सिखरमा पुगिसकेकी छिन।उनी अहिले सबै कार्यक्रम को खोजी एबम आकर्षक कि पात्र नै बन्दै गैरहेकि छिन।काठमाडौ मा भर्खरै सम्पन्न ञएल्लो टाइगर ओपन डान्स एबम अवार्ड प्रोग्राम९२०७६झ नामक २३ जनाको प्रतिस्पर्धात्मक कार्यक्रममा १ हप्ता कै आफैले गरेको छोटो अभ्यासले पनि सान्तोना स्थान पाउनु गर्बको बिषय हो।खुल्ला तर्फ को रास्टृय अवार्ड जस्तो कार्यक्रम मा शैलुङ्ग दोलखा जस्तो बिकट ठाउँ बाट आय पर्याप्त स्रोतसाधनको कमि हुदा हुँदै पनि सान्तोना स्थान हासिल गर्न सफल भएकी छिन।उनको कला प्रस्तुति देखेर जज तथा अतिथी हरु निकै खुसी बनिरहेको हुन्छन हरेक प्रस्तुती मा।उनी शैलुङ्ग लगायत दोलखाको चम्किलो तारा बन्दै गैरहेको देखिन्छ,उनको यो नृत्य कलाले सबैको मन छुने गरेको छ।

उनले २०७६ को नंया बर्षको शैलुङ्ग महोत्सव देखि झनै जिल्ला सम्म चर्चाको शिखर बन्न पुगेको उनी त्यो भन्दा अगाडि उनी स्थानिय पेरिफेरी मा चर्चित कलाकाररडान्सर बन्न सफल भसकेकी थिइन।

रन्जना सफल हुन को माथी उनको अभिभावक को पनि महत्वपुर्ण छ।उनको आमाबुबाले उनलाइ भरपुर साथ दिई नै रहेको हुनुहुन्छ।छोरी को कला प्रस्तुति कै निम्ति उनको बुबाआमा ले उनलाइ जुनसुकै ठाउमा पनि साथमा लियर प्रोत्साहन गरिरहेको उनका बुबा सानू थपलिया ले बताउनु भयो,उहाले छोरी को नृत्य लाई सबैले मनपराएको मा सबैलाइ हार्दिकता समेत ब्यक्त गर्नुभयो।छोरिला अझै धेरै कुरा सिकाउन जरुरत रहेको र आफुले भरपुर साथ दिने कुरा समेत उहाले ब्यक्त गर्नु भयो।उहाँ आफ्नो छोरीको कला देखि आफू निकै खुसी रहेको उहाको आमाबुबा ले बताउनु भयो।

हो यस्तै प्रतिभावान कलाकार ले आफू जन्मेको ठाउको सान बनाउनु आफु जन्मेको ठाउको माटोको इज्जत स्थापित गर्न सक्नु रन्जना को लागि गर्बको बिषय हो। ८ बर्षकै सानै उमेरमा आफ्नो कलामार्फत आफुलाइ उत्कृष्ट स्थापित गर्दौ सबै सामु सुसज्जित एबम प्रख्यात बनाउनु निकै नै कष्टकर नै हुने गर्दछ तर उनले आफुले राम्रो प्रतिक्रिया सहितको चर्चा कमाउदै गैरहेकी छिन।