Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

काभ्रे फेस्ट फेसन सो भदौ ७ गते हुने

Tuesday, August 13, 2019 National Power

२८ , साउन / काभ्रेपलान्चोक – बनेपा एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा काभ्रे जिल्लामा पहिलो पटक सो कार्यक्रम आयोजना गरेको हो ।साउन १८ गते सम्पन्न भएको अडिसनबाट १३ देखि ३० बर्ष उमेर समुहका ३६ जना विवाहीत अविवाहीत महिला पुरुषले आगामी भदौ ७ गते बनेपा हुने तिजस्पेसल सिजन २ कार्यक्रम र लाईभ कन्र्सर्ट विथ फेसन सो हुन लागेको एल एण्ड एन मोडल एजेन्सीले जनाएको छ । सो कार्यक्रममा नेपालका विभिन्न विधाका चर्चित कालाकारहरुको प्रस्तुती रहने छ ।

सो कार्यक्रम आगामी भदौ ७ गते काभ्रेको बनेपामा रहेको बनेपा पार्टी भेन्युमा दिनको १ बजेबाट सुरु हुने छ । जुन कार्यक्रम अवलकोनका लागी साधारण टिकटका लागी रु ५०० र भिआईपी टीकटको हजार रुपैया तोकीएको आयोजकले जनाएको छ । काठमाडौ लगाएत जनकपुर,बर्दिबास,मिर्चैया र लहानमा एस शंस्थाले भव्य र सव्यताका साथ फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसनसो आयोजना गर्न लागेको आयोजकले बताए ।

एक हजार दर्ता शुल्क सँगै आयोजकले तालीम,मेकअप,फोटोसुट,भिडियो प्रमोसन,ड्रेसअप लगाएत निशुल्क सिकाएको हामी लाई जानकारी दिएको छ । काभ्रेमा फेसन सो मन पराउनेका लागी राम्रो अवसर हो । एस पटक महिलाहरुको महान चाड तिज लाई परेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गर्ने नितिङ कर्ण कायस्थ ले बताए ।