Sunday 1st December 2024

    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना    बुद्ध धर्मका तीन प्रमुख यानहरू 'थेरवाद, महायान र बज्रयानमा आधारित 'परित्राण’ पुस्तक विमोचन

आफै औषधि किनेर सेवन गर्नु स्वास्थको लागि हानिकारक हुन्छ

Monday, August 12, 2019 National Power

मानिसको जीवनमा स्वस्थ सम्बन्धी धेरै समस्याहरु उत्पन्न भइरहन्छन् । जसको समाधानका लागि हामी विभिन्न औषधिहरु सेवन गर्छौं । तर, कतिपय अवस्थामा भने हामी आफैं आफुखुशी औषधि किन्छौं र सेवन गर्छौं । डाक्टरलाई जाँच नगराई त्यसरी आफै औषधि किनेर सेवन गर्नु हाम्रो स्वास्थको लागि हानिकारक हुन्छ भन्ने कुरातर्फ हामी ध्यान दिँदैनौं ।

औषधिका बारेमा कतिपय जानकारीको अभाव पनि हाम्रो स्वास्थलाई हानिकारक मानिन्छ । त्यस्ता धेरै औषधिहरु छन्, जसको प्रयोग हामी सोच्दै नसोची हरेक दिनजसो गरिरहेका हुन्छौं ।

निद्राको औषधि

प्रायः निद्राको औषधिमा अत्याधिक नशा हुन्छ । महत्वपुर्ण कुरा के हो भने यसले हाम्रो दिमागको क्रियाकलापमा प्रभाव पार्छ । यसले मानिसको दिनचर्यालाई समेत बिगारिदिन्छ । सधैं त्यस्ता औषधिको प्रयोग गर्दा बिस्तारै-बिस्तारै त्यसको असर शरीर कम हुँदै जान्छ र पछि त्यो भन्दा हाई डोजका औषधि खानु पर्ने बाध्याता हुन्छ । त्यो औषधिको लगातारको सेवनले हाम्रो शरीर नै कमजोर हुन्छ ।

प्राकृतिक पाचन प्रकृयालाई बिगार्छ

पाचन प्रकृया कमजोर भएपछि प्रयोग गरिने औषधिले तपाईंको स्वस्थमा नराम्रो असर पुर्‍याउँछ । कहिले काहीँ त्यसको प्रयोग गर्नु ठिक हो तर दिनहुँको प्रयोगले तपाईंको पाचन प्रक्रिया नै खराव हुन्छ । त्यस्ता औषधिको प्रयोगले तपाईंको शरीरले आवश्यक पोषक तत्व राम्रासंग ग्रहण गर्न सक्दैन, जसको कारण किड्नीको पत्थरी, पाइल्स र पेटको अल्सर हुने सम्भावना हुन्छ ।

रुघा खोकिको औषधि पनि हानिकारक

रुघा,खोकिको औषधि विशेष गरी बालबालिकाहरुका लागि खतरनाक हुन्छ । त्यसले फोक्सोलाई प्रभावित गर्छ । यदि त्यसको ओभर डोज भयो भने साइड इफेक्ट हुन्छ र मृत्यु हुने सम्भावना पनि हुन्छ ।

टाउको दुखाईको औषधि

टाउको दुख्दा खाने औषधिले तुरुन्त राहत मिले पनि त्यो औषधिले धेरै समस्या उत्पन्न गराउँछ । त्यसैले सम्भव भएसम्म यो औषधिको प्रयोग गर्नु हुँदैन ।

डिप्रेसनको औषधिले साइडइफेक्ट हुन्छ

डिप्रेशनको औषधिले पनि खतरनाक असर पुर्‍याउँछ । त्यस्तो औषधिले मस्तिष्कको त्यो भागमा असर पुर्‍याउँछ, जसले ग्लुकोज र सेरोटोनिन लेभललाई नियन्त्रित गर्छ । त्यो औषधिको प्रयोगले तपाईको वजन बढाउँछ ।