Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साहरुख भन्छन्–‘एक्सन फिल्ममा काम गर्न मन छ’

Monday, August 12, 2019 National Power

बलिउडमा किङ खानले चिनिने नायक साहरुख खानले अहिले कुनै पनि चलचित्र साइन गरेका छैनन् । एउटा चलचित्र रिलिज नहुँदै, अर्को चलचित्र साइन गरेर बस्ने साहरुख यसपटक भने नयाँ चलचित्रमा तत्काल काम गर्ने मुडमा छैनन् ।

चलचित्र ‘जिरो’को असफलताले उनलाई धक्का दिएको छ । यही कारणले नै उनी नयाँ चलचित्रमा काम गरिहाल्ने सोचमा छैनन् । उनले अहिले धमाधम स्क्रिप्ट पढ्ने काम मात्र गरिरहेका छन् । साहरुखले आफ्नो करिअरमा यति लामो समय ब्रेक लिएको सायद पहिलो पटक हुन सक्छ ।

हालै एक अन्तरवार्तामा साहरुखले आफू अहिलेसम्म कुनै पनि चलचित्रमा अनुबन्धित नभएको बताएका छन् । उनले भने–‘मैले कुनै पनि चलचित्र साइन गरेको छैन । नयाँ नयाँ स्क्रिप्ट पढेरै मेरा दिनहरु बितिरहेका छन् ।’ साहरुखले अहिलेसम्म आफूले राम्रो स्क्रिप्ट नपाएको पनि बताएका छन् । उनले, राम्रो कथा पाउने वित्तिकै चलचित्र सुरु गर्ने बताए । क्यामेराको अघि पर्न नपाउँदा आफूलाई असहज भएको उनको तर्क छ । साहरुखले आफूलाई एक्सन चलचित्रमा काम गर्न मन लागेको पनि सुनाएका छन् ।