Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नायिका अनु शाह नाच्दैँ यसरी आईन यसपालीको तिजमा “जाम नाच्न जाम“ सार्वजनिक

Sunday, August 11, 2019 National Power

काठमाण्डौ – नेपाली लोकदोहोरी गायिका धनकुमारी थापा सरुले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गीत “ जाम नाच्न जाम “ लिएर आएकी छिन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गीत सार्बजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली लोक गीत संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय तिज गीत तथा लोक गीतका कारण बढी चर्चामा रहदै आएकी छिन ।
डा कृष्णहरी बरालको शब्द तथा सुरेश गैरेको लय सिर्जना गीतमा रहेको छ । गीतमा तिजको महत्वलाई प्रकाश पारिएको छ । नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा समेटिएको छ । गीतको भिडियोमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । निकै आकर्षक रुपमा राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन । गीतको मर्म अनुसारको मौलिकता समेटिएको भिडियो निर्देशन प्रकाश भटटले गरेका छन । “ जाम नाच्न जाम “ गीतको भिडियोमा अनु शाह र धन कुमारी थापाको नृत्य तथा अभिनय रहेको छ ।

“ जाम नाच्न जाम “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।