Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

श्रीमतीले चक्कुले हान्दा श्रीमानको मृत्यु

Sunday, August 11, 2019 National Power

काठमाडौं – चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको छ । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेको प्रहरीको भनाइ छ । चक्कु प्रहारबाट घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

घटनालगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले मकवानपुर गढी गाउँपालिका–८ स्थायी घर भएकी घलेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।