Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कलाकार संघको कार्यसमितिलाई संचारमन्त्री बास्कोटाद्वारा स्वागत तथा बधाई

Sunday, August 11, 2019 National Power

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई माननीय संचार तथा सुचना प्रविधी मन्त्री, गोकुल बास्कोटाकाले स्वागत गर्नुका साथै बधाई दिएका छन् । संघको नयाँ कार्यसमितिलाई मन्त्रालयमै बोलाएर मन्त्री बास्कोटाले सफल कार्यकालको शुभकामनासमेत दिए ।

स्वागत तथा बधाई कार्यक्रममा मन्त्री बास्कोटाले चलचित्र क्षेत्रमा क्रियाशिल कलाकारहरुको हकहितमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । संघको लागि जग्गा र भवन अत्याबश्य रहेको भन्दै त्यसको लागि संचार मन्त्रालयले अभिभावकिय भुमिका खेलिदिन नयाँ कार्यसमितिले मन्त्री बास्कोटालाई आग्रह गर्दै स्वागत तथा बाधाईको लागि आभार समेत व्यक्त गर्‍यो ।

मन्त्री ज्यूसँग पुरानै चिनजान पनि थियो, बरिष्ठ कलाकार एवं संघका उपाध्यक्ष मोहन निरौलाले भने– ‘त्यहि भएर हामीले पनि खुलस्तरुपामा आफ्ना मागहरु राख्यौं र सहकार्य गर्न जोड दियौं । हामीलाई तत्कालिन सरकारले उपलब्ध गराएको जग्गाको विषयमा पनि जानकारी गरायौं ।’ मन्त्री बास्कोटाले पनि सक्दो सहयोग र सहकार्य गर्ने बचन दिएको निरौलाले जानकारी दिए । निरौलालाई नबनिर्वाचित कार्यसमितिको साउन ३ गते बसेको बैठकले सर्वसम्मत निर्णय गर्दै उपाध्यक्षमा मनोनित गरेको हो ।

मन्त्री बास्कोटाले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष त्रय रेजिना उप्रेती, सानुकुमार ताम्राकार, मोहन निरौला, महासचिव चेत बहादुर सिंह (राजा), सचीव पनाह अधिकारी, कोषाध्यक्ष सुनिल कटुवाल, सहकोषाध्यक्ष पबित्रा आचार्य, सदस्य गिता नेपाल, धर्मेन्द्र आचार्य, पवन खतिवडा, गोपाल ढकाल छन्दे, उद्धव भट्टराई, जीवन थापा, बरिष्ठ कलाकार उत्तम केसी, बरिष्ठ संचारकर्मी दिनेश डिसि र कलाकार राजु शाहीआदिको उपस्थिति रहेको थियो ।