Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मातृभुमि हिरो २०१९ कमल ढकाललाई

Thursday, August 1, 2019 National Power


१६ , काभ्रेपलान्चोक – बनेपा रोटरी क्लब अफ मातृभुमि बालुवाटरले सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई
प्रदान गरिने मातृभूमि हिरो –२०१९ बाट यूवा संचारकर्मी, लेखक कमल ढकाललाई सम्मान
गरेको छ ।
रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नौ चौथो पदस्थापन कार्यक्रममा उक्त सम्मान ढकाललाई प्रदान गरेको हो । ढकाल गो–अहेड पुस्तकका लेखक हुन् भने घोष्ट राईटिङ नेपालका अध्यक्ष हुन् ।
हरेक वर्ष सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने यो पुरस्कारले यो वर्ष बाट सुरु गरिएको रोटरी क्लब अफ मातृभुमि बालुवाटरको निवर्तमान अध्यक्ष विष्णुहरी दाहालले जानकारी दिए ।
कार्यक्रममा चर्चित हाँस्य कलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणमा रोटरीको सहभागिता रहनेमा आफु विश्वस्त भएको बताए ।
कार्यक्रममा वर्ष २०१८–१९ को वेष्ट रोटरीयन क्लबका सचिव नारायण अधिकारी तथा वेष्ट रोट¥याक्ट अवार्ड प्रकाश पाठकलाई प्रदान गरिएको छ ।
डिस्ट्रिक्ट ३२९२ मा यूवाहरुको क्लब भनेर चिनिने रोटरी क्लब अफ मातृभूमि बालुवाटारको पदस्थापन कार्यक्रममा वर्ष २०१८–१९ का प्रेसिडेन्ट विष्णुहरि दाहालले गंग प्रदान गर्दै वर्ष २०१९–२० का प्रेसिडेन्ट जयरामलाई सिग्देलले पदभार हस्तानतरण गरेका छन् ।