Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नमुना ट्रायल सेन्टरको साथमा जयश्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टर

Wednesday, July 31, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
१५ , साउनमा / बनेपा – काभ्रेको बनेपा नगरपालिका पुरानो तरकारी बजार पछाडि पट्टी वडा नं ७ मा रहेको काभ्रे जिल्लामा २० वर्षदेखि सञ्चालित हुँदै आएको जयश्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टर एक प्रतिष्ठित एवम् स्थापित ड्राइभिङ्ग सेन्टर हो ।

हाल अझै बढी नयाँ, परिष्किृत तथा सुव्यवस्थित रुपमा जयश्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टर सञ्चालनमा ल्याईको छ । २० वर्षदेखि यस मोटर ड्राइभिङ्ग सेन्टरले दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा हाल आएर नमुना ट्रायल सेन्टरको रुपमा समेत स्थापित भएको छ ।

नमुना ट्रायल सेन्टर स्थापन गरे बाट प्रशिक्षार्थीहरुलाई सजिलो हुने गरेको श्री कृष्ण मोटर ड्राईभिङ्ग सेन्टरका व्यवस्थापक राम प्रसाद न्यौपानेले जानकारी दिनुभयो । यस मोटर ड्राईभिङ्ग सेन्टरले कार, मोटरसाइकल, स्कुटर लगायतका सवारी साधनहरु सुलभ मूल्यमा प्रभावकारी ढंगले सिकाइने गरेको र विशेष गरी काभ्रेलाई लक्षित गरि यस सेन्टरमा सहज हुने जोकोहीले पनि ड्राइभिङ्ग सिक्न सक्ने अर्का व्यवस्थापक माधव प्रसाद न्यौपानेल बताउनुभयो । जय श्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टर नयाँ व्यवस्थापनको साथमा संचालनमा आएको समेत जानकारी दिनु भयो ।

जय श्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टरमा सवारी साधन चलाउन सिकाईनुका साथै लाइसेन्सका लागि आवश्यक उचित शिक्षा एवम् प्रक्रियाको बारेमा समेत जानकारी दिने जय श्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टरका अर्का व्यवस्थापक कृष्ण हुमागाईले बताउनुभयो । % १०० ग्यारेन्टीका साथ सिकाईने गरेको र सबै प्रशिक्षार्थी उर्तीण हुने गरेको यस सेन्टरका प्रशिक्षकहरुले समेत जानकारी गराउनुभयो । जय श्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टर अहिले आफ्नै नयाँ स्पोट बनाउनुको साथै अनुभवी दक्ष अन्र्तराष्ट्रिय प्रशिक्षकहरुद्धारा ड्राइभिङ्ग सिकाएर यस ड्राइभिङ्ग सेन्टरले आफ्नो राम्रो छवि बनाएको छ ।