Tuesday 21st May 2024

    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

माईतिमा जाउँ कसरी जाउँ भन्दै बजारमा आईन गायिका कविता थापा

Wednesday, July 31, 2019 National Power

काठमाण्डौ- नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा कवीता थापाको स्वर ,शब्द र संगीत रहेको तीज गीत माईतिमा जाउँ कसरी जाउँ.. सार्वजनिक भएको छ । बबीता श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, अर्जुन खरेल लगायतका कलाकारको नृत्य अभिनय रहेको छ ।

भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । ‘ हामीले तीजलाई लक्षित गरी मौलिक तीज गीत पस्किएका छौ, स्रोता र दर्शकको मन जित्नेमा आशावादी छौ’, गायिका थापाले भनिन ले भने । त्यस्तै निर्देशक बबीता श्रेष्ठले राम्रो गीत स्रोता र दर्शक माझ ल्याएकोले पनि सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।

रेशम दर्लामीले छायाँकन गरेको म्युजिक भिडियोमा नृत्य निर्देशन गोविन्द श्रेष्ठले गरेका छन् । गीतमा माईति जानलाग्दा खोलीले छेकेको, डाडाले छेकेको लगायतका बाटोमा आई परेका आरोह अवरोहहरुलाई गीतीलयमा प्रस्तुत गरिएको छ ।