Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

१ लाख ३० हजार घुस लिने कार्यालयका प्रमुखसहित ४ पक्राउ

Monday, July 29, 2019 National Power

पोखरा – जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ परेका छन् । उनीहरु पेश्की फछ्र्यौट गरिदिने बहानामा १ लाख ३० हजार रुपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, सवारी चालक भवदत्त जैसी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट गएको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनीहरुले कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम बापतको पेश्की फछ्र्यौट गरिदिने बाहानामा सेवाग्राहीसँग घुस लिएका हुन् । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।