Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

१ लाख ३० हजार घुस लिने कार्यालयका प्रमुखसहित ४ पक्राउ

Monday, July 29, 2019 National Power

पोखरा – जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ परेका छन् । उनीहरु पेश्की फछ्र्यौट गरिदिने बहानामा १ लाख ३० हजार रुपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, सवारी चालक भवदत्त जैसी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट गएको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनीहरुले कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम बापतको पेश्की फछ्र्यौट गरिदिने बाहानामा सेवाग्राहीसँग घुस लिएका हुन् । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।