Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

काभ्रे फेस्ट फेसन सो ग्रान्ड अडिसन शनिबार हुदै

Monday, July 29, 2019 National Power


अरबिन्द्र गौतम / बनेपा
१३ , साउन / बनेपा – काभ्रेको बनेपामा पहिलो पल्ट एल एण्ड न मोडेल एजेनसीले पहिलो अडिसन सम्पन्न गरेको छ । यहीँ आउदो शनिबारका दिन ग्रान्ड अडिसन गर्ने लागेको छ ।

मोडेल बन्नेहरुको लागि सुनौलो अवसर भन्दै यस संस्थाले १३ देखी ३० बर्षका बिबाहित ,अबिबाहित, केटा, केटी सम्पूर्णले आबेदन फारम भर्न सक्ने भन्दै आबेदन शुल्क जम्मा १००० मात्र लाग्ने र सेलेक्ट भैसकेपछि अन्य कुनै पनि सुल्क नलाग्ने समेत जानकारि दिएको छ । आगामी भाद्र १८ गते शनिबारका दिन बनेपामा बनेपाको पार्टी भेनुमा बिहान ११ बजे देखि ३ बजे सम्म अडिसन हुने समेत यस संस्थाका प्रबन्ध निर्देशक नितेन कर्ण कायस्थले जानकारी दिनु भयो ।

काठमाडौ लगाएत जनकपुर,बर्दिबास,मिर्चैया र लहानमा यस संस्थाले भव्य र सव्यताका साथ फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसन सो आयोजना गर्न लागेको उनले बताए ।

एक हजार दर्ता शुल्क सँगै आयोजकले तालीम,मेकअप,फोटोसुट,भिडियो प्रमोसन,ड्रेसअप लगाएत निशुल्क सिकाउने छन् । काभ्रेमा फेसन सो मन पराउनेका लागी राम्रो अवसर हो । यस पटक महिलाहरुको महान चाड तिज लाई छोपेर आफ्नो दोस्रो सिजन बनेपा गर्दै पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गर्ने उनले बताए ।