Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रेका नव कलाकारहरु नै निर्बिरोध निर्वाचित

Sunday, July 28, 2019 National Power

१२ , साउन / काभ्रेपलान्चोक – बनेपा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काभ्रेको चौथो अधिबेशन हिजो बनेपामा सम्पन्न भएको छ । काभ्रेका सबै कलाकारको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल काभ्रेको चौथो अधिबेशनमा काभ्रेका नव कलाकारको सक्रियता धेरै नै देखिन्छ । काभ्रेलि नव कलाकारहरु नै निर्बिरोध निर्वाचित भएका छ्न ।

लोक दोहोरी गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यतामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काभ्रेको चौथो अधिबेशन सम्पन्न भएको थियो । अधिवेशन बाट लोक दोहोरी गायक बिक्रम गौतमको अध्यक्षतामा आठ जनाको कार्य समिति भनाइएको छ । अर कलाकार सदस्यहरु लाई संस्थाको प्रमाणपत्र वितरण गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काभ्रे जिल्लाको कार्य समितिहरुमा अध्यक्षमा बिक्रम गौतम , उपाध्यक्षमा युवराज चौलागाईं , स- उपाध्यक्षमा सबिता ढुंगाना महिला उपाध्यक्षमा सबिना चौलागाईं , सचिबमा भुबन चौलागाईं स – सचिब नबराज गौतम कोषादक्ष बिनोद नेपाल रहेका छ्न यसरी आठ जनाको कार्य समिति तयार भएको छ ।