Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

समुन्द्र भट्टको निर्देशनमा ‘माया’ बाँध्दै नीता र कोशिश

Saturday, July 27, 2019 National Power

काठमाडौँ – नायिका नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्ममा गायक तथा नायक कोशिस क्षेत्री फाइनल भएका छन् । खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र नायक कोशिस क्षेत्री बिच सम्झौता भइसकेको छ । फिल्ममा कोशिस क्षेत्री र नीता ढुङ्गाना मुख्य भुमिकामा रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् ।

फिल्मको मुख्य लिड फाइनल भए पनि अन्य कलाकार भने फाइनल भएका छैनन् । यद्यपी फिल्मका लागी कलाकार सुनिल थापा, विशाल पहाडी लगायतसंग कुरा भइरहेको बुझिएको छ । पुर्णतया प्रेम कथा समेटिने फिल्मको नाम भने जुराइएको छैन । फिल्म ‘मोमो हन्टिङ्’ कलाकारको समय नमिलेर आगामी जेठबाट मात्र छायांकनमा जाने भएपछी त्यस बिचमा लभ स्टोरी फिल्म गर्न लागेको नीताले बताइन् ।

फिल्मको कथा कोशिस आफ्नै हो । यतिबेला कोशिस स्कृप्टलाई अन्तिम रुप दिदैंछन् । फिल्मको स्कृनप्ले र संवाद लेखनमा कोशिशलाई निर्देशक भट्टले सघाउँदैछिन् । फिल्ममा संगीत पनि कोशिशको नै रहनेछ ।