Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

श्रीमतीले दाउ प्रहार गरेर श्रीमान् मारिन्, प्रत्यक्षदर्शीले यस्तो देखे (भिडियो)

Friday, July 26, 2019 National Power

पोखरा महानगरपालिका १६ तल्लो गोष्टेमा बसोबास गर्दै आएका अन्दाजी ५० बर्षिय चतुरे भनिने सुकराम परियारलाई उनकै श्रीमती सिता परियारले दाउले टाउकोमा प्रहार गरी हत्या गरेकी छन् । गत बुधबार साँझ दाउ प्रहारबाट घाईते भएका चतुरेलाई स्थानीयको सहयोगमा मातृशिशु मितेरी अस्पताल लगिएको थियो ।

अस्पतालमा प्राथमिक उपचार पछि अर्को अस्पताल रिफर गरिएको भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनका अफन्तले घरमै लगेका थिए । घर पुगेको करिब आधा घण्टामै चतुरेको मृत्यू भएको उनकी सासुले बताईन् । मुख बोल्न नसक्ने श्रीमतीले उनको हत्या गरिएको भनिए पनि त्यसको अन्तिम पुष्टि हुन सकेको छैन ।

ज्वाइँको छोरीले हत्या गर्न नसक्ने दाबी गर्दै उनकी सासुले आरोप अस्विकार गरेकी छन् । स्थानीयका अनुसार चतुरे साह्रै मिलनशाल र मिजाशीला थिए । उनी सानो उमेरमा अमेरीका समेत पुगेका स्थानीय अगुवाहरुले बताएका छन् । उनको मृत्युका बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।