Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक

Wednesday, July 24, 2019 National Power

काठमाण्डौं – गायक शरद समिप र नायिका शिल्पा पोखरेल अभिनित ‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका रचनाकार प्रकाश केसी हुन् । भने संगीतकार ज्योति प्रकाश हुन् । उक्त गीतको संगीत संयोजन विष्णु अधिकारीले गरेका छन् । त्यस्तै भिडियोमा वरिष्ठ कलाकार मोहन निरौला, नायिका शिल्पा पोखरेल, गायक शदर समिप, माधव खरेल लगायत एन्जेल राई र कुसाग्र भट्टराईको अभिनय रहेको छ । यस भिडियोको निर्देशन शान्तिप्रियको रहेको छ । जहाँ छायाँकन मुकेश हुमागाईंको रहेको छ । भने राजेश कुमारको सम्पादन रहेको भिडियोमा मिक्सिङ विप्लप अधिकारीको रहेको छ ।

भिडियोमा गायक शरद समिपसँग नायिका शिल्पाको अन्तरजातीय सम्बन्धलाई देखाइएको छ । भिडियोमा मायाप्रेमको कथासँगै सामाजिक रुपमा देखिएको जातीय विभेदको कथा देखाइएको छ ।

https://www.youtube.com/watch?v
https://www.youtube.com/watch?v=JxP30RDYG-U =JxP30RDYG-U