Tuesday 21st May 2024

    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक

Wednesday, July 24, 2019 National Power

काठमाण्डौं – गायक शरद समिप र नायिका शिल्पा पोखरेल अभिनित ‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका रचनाकार प्रकाश केसी हुन् । भने संगीतकार ज्योति प्रकाश हुन् । उक्त गीतको संगीत संयोजन विष्णु अधिकारीले गरेका छन् । त्यस्तै भिडियोमा वरिष्ठ कलाकार मोहन निरौला, नायिका शिल्पा पोखरेल, गायक शदर समिप, माधव खरेल लगायत एन्जेल राई र कुसाग्र भट्टराईको अभिनय रहेको छ । यस भिडियोको निर्देशन शान्तिप्रियको रहेको छ । जहाँ छायाँकन मुकेश हुमागाईंको रहेको छ । भने राजेश कुमारको सम्पादन रहेको भिडियोमा मिक्सिङ विप्लप अधिकारीको रहेको छ ।

भिडियोमा गायक शरद समिपसँग नायिका शिल्पाको अन्तरजातीय सम्बन्धलाई देखाइएको छ । भिडियोमा मायाप्रेमको कथासँगै सामाजिक रुपमा देखिएको जातीय विभेदको कथा देखाइएको छ ।

https://www.youtube.com/watch?v
https://www.youtube.com/watch?v=JxP30RDYG-U =JxP30RDYG-U