Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कलाकार संघको उपाध्यक्षमा बरिष्ठ चलचित्रकर्मी निरौला मनोनित

Sunday, July 21, 2019 National Power

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा बरिष्ठ कलाकार एवं निर्देशक मोहन निरौला मनोनीत भएका छन् । उनलाई कलाकार संघको साउन ३ गते बसेको वैठकले उपाध्यक्षमा मनोनीत गरेको हो ।

MR. MOHAN NIRAULA

संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको उक्त वैठकले कलाकार विशाल विष्ट र रामेश्वर बुर्लाकोटीलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।
वरिष्ठ कलकार निरौला २०४० साल देखि चलचित्र क्षेत्रमा लेखन, निर्देशन र अभिनयको क्षेत्रमा सक्रिय रहदै आएका छन् । परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष रहेका निरौलाले २०४५ सालदेखि २०६७ साल सम्म नेपाल चलचित्र कलाकार संघको विभिन्न पदमा रहि काम गरिसकेका छन् ।