Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बेलिब्रिज बनेपश्चात आवागमन सुचारु

Tuesday, July 16, 2019 National Power


३१ , असार / काभ्रेपलान्चोक – बनेपा केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले बेलिब्रिज बाईदिए पश्चात आवागमनमा सहज भएको छ ।
सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा भिषण वर्षाले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या झेलिरहेका थिए ।
स्थानियबासि सडक संजालबाट सम्पर्क टुट्दा स्वास्थ्य, शिाक्षा, यातायातमा असहज भएको देखि बेलिब्रिज निर्माण गरि सहज बनाएको सशस्त्र प्रहरी बलको सुरक्षा बेस सम्हाल्नु भएका प्रहरी निरिक्षक दिपक कोईराला बताए ।
पुलको बरियारपट्टी तर्फको कटान हुदा ५ दिन देखि आवागमन ठप्प थियो, मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारी पारि गर्न नसक्ने अवस्था र राजमार्ग सम्म बिरामी लेराउन पनि बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले पुल बेलिब्रिज बनाए पश्चात जनजिवन सहज भएको स्थानिय श्यामलालराजवंशि ले बताए ।
सशस्त्र प्रहरी बलको सुरक्षा बेस ले आफ्नो बेसको लगानी मा सिमित श्रोत साधन प्रयोग गरि अस्थाई फलामे पुल निर्माण गरेको छ पुल निर्माण पश्चात मोटर साइकल लगायत २ पांग्रे सवारी र स्थानीय लाइ आवत जावत मा सहज भएको छ ।