Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

बेलिब्रिज बनेपश्चात आवागमन सुचारु

Tuesday, July 16, 2019 National Power

३१ , असार / काभ्रेपलान्चोक – बनेपा केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले बेलिब्रिज बाईदिए पश्चात आवागमनमा सहज भएको छ ।
सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा भिषण वर्षाले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या झेलिरहेका थिए ।
स्थानियबासि सडक संजालबाट सम्पर्क टुट्दा स्वास्थ्य, शिाक्षा, यातायातमा असहज भएको देखि बेलिब्रिज निर्माण गरि सहज बनाएको सशस्त्र प्रहरी बलको सुरक्षा बेस सम्हाल्नु भएका प्रहरी निरिक्षक दिपक कोईराला बताए ।
पुलको बरियारपट्टी तर्फको कटान हुदा ५ दिन देखि आवागमन ठप्प थियो, मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारी पारि गर्न नसक्ने अवस्था र राजमार्ग सम्म बिरामी लेराउन पनि बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले पुल बेलिब्रिज बनाए पश्चात जनजिवन सहज भएको स्थानिय श्यामलालराजवंशि ले बताए ।
सशस्त्र प्रहरी बलको सुरक्षा बेस ले आफ्नो बेसको लगानी मा सिमित श्रोत साधन प्रयोग गरि अस्थाई फलामे पुल निर्माण गरेको छ पुल निर्माण पश्चात मोटर साइकल लगायत २ पांग्रे सवारी र स्थानीय लाइ आवत जावत मा सहज भएको छ