Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘श्रीदेवीको हत्या भएको हो’

Monday, July 15, 2019 National Power

एजेन्सी- केरल प्रहरी महानिर्देशक ऋषिराज सिंहले बलिउडकी प्रसिद्ध नायिका श्रीदेवीको हत्या भएको दावी गरेका छन् । उनले श्रीदेवीको मृत्यु बाथटबमा डुबेर नभई एक हत्या भएको बताएका छन् । उनको यस्तो बयानपछि इन्टरनेटमा यस विषयमा बहसको जन्म दिएको छ । वास्तवमै भएको के थियो त रु धेरैलाई फेरि एकपटक यो प्रश्नले झस्काएको छ । सिंहको यो वयान उनका साथी फरेन्सिक सर्जन डा. उमादथनको सहायतामा दिएका थिए । डा। उमादथनको पनि केहि समय अगाडि निधन भइसकेको छ ।

यसैबीच, श्रीदेवीका पति तथा बलिउडका प्रोड्युसर बोनी कपूरले यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनले त्यस्ता बकवास कुराको विषयमा कुनै जवाफ नदिने बताए । उनले कुनै प्रतिक्रिया नभएको र मनगढन्ते कुरालाई कसैले रोक्न नसक्ने पनि बताए ।

अघिल्लो वर्ष २४ फेब्रअरीमा दुबईको एउटा होटलमा श्रीदेवीको मृत्यु भएको थियो । पोस्टमार्टमको रिपोर्टका अनुसार मादक पदार्थ सेवन गरेकी श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको थियो । दुबई प्रहरीले उनको मृत्युको विषयमा लामो अनुसन्धानपछि पनि कुनै ठोस प्रमाण भेटिएको थिएन ।