Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

दुबैको उपाधि एस.ओ.एस स्कुल लाई

Monday, July 8, 2019 National Power

२३ , असार / काभ्रेपलान्चोक – बनेपा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषद को समवन्यमा चौधरी ग्रुपको प्रायोजकत्वमा अखिल नेपाल फूटबल संघको आयोजनामा र काभ्रे जिल्ला फूटबल संघको संयोजकत्वमा यहि असार ८(१९ गते सम्म सञ्चालन भएको पधष्पक अगउ ष्लतभच कअजयय िछात्र छात्रा राष्ट्रिय फूटबल प्रतियोगिता बनेपा स्थित नेपाल बनेपा बहुप्राबिधिक शिक्षालयको खेल मैदानमा हिजो समापन भएको छ।

प्रतियोगिता समाप्नन प्रमुख अतिथि बनेपा न पा वडा न ५ का वडा अध्यक्ष बलराम अधिकारी र विशेष अतिथिमा सि जि का सिनियर मार्केटिङ अफिसर प्रकाश श्रेष्ठ रहनु भएको कार्यक्रमको सभापतित्व काभ्रे जिल्ला फूटबल संघका अध्यक्ष बिकास नारायण श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथिले बनेपामा रहेको एक मात्र खेल नेपाल बनेपा बहुप्राबिधिक शिक्षालयको खेल मैदानलाई राष्ट्रिय स्तरको बनाउन सहयोग पुर्याउने प्रतिबद्ता व्यक्त गर्नु भएको थियोे । कार्यक्रममा काभ्रे जिल्ला फूटबल संघका वरिष्ठ उपाध्यक्ष निरोज श्रेष्ठ,सचिब जयोज नर्सिङ श्रेष्ठ ,लगायत सम्पुर्ण अतिथीहरु लाई प्रतियोगिता संयोजक एव काभ्रे जिल्ला फूटबल संघ का सदस्य सागर मानन्धर ले स्वागत गर्नु भएको थियोे । छात्रा तर्फको फाईनल खेल एस ओ एस स्कुल र इन्द्रेश्वोर माबि पनौती बीचको खेल निर्धारित समय गोल रहित सकेपछी भएको पेनाल्टीमा इन्द्रेश्वोर माबि पनौती लाई ४(२ गोल अन्तरले पराजित गरि एस ओ एस स्कुलले उपाधी कब्जा गरेको छ । छात्र तर्फ पनि एस ओ एस स्कुलले उपाधी हात पारेको छ । पुर्ण सन्जिवनी उच्च माबि धुलिखेल लाई ३(० को गोल अन्तरले पराजित गरेको थियो । एस ओ एस स्कुलका लागि सुमन तामाङ नायक बने ३ गोल एक्लैले गरे । छात्र छात्रा तर्फ उपाधी जित्ने एस ओ एस स्कुल लाई र छात्र उपबिजेता पूर्ण सन्जिवनी छात्रा उपबिजेता इन्द्रेश्ह्वोर माबि प्रमुख अतिथी,विशेष अतिथि र सभापति बाट ट्रफि मेदल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

छात्र तर्फ उत्कृष्ट बिधाको बर्चस्व एस ओ एस स्कुलले ४ बिधा नै प्राप्त गरेको छ१उत्कृष्ट खेलाडी बिशाल थिङ ,उत्कृष्ट गोलकिपर सुनिल श्रेष्ठ ,उत्कृष्ट दिफेन्दर साजन मानन्धर र उच्च गोलकर्ता वाङ दाङ छीरिङ भोटे घोषित भए । साथै छात्रा तर्फ उत्कृष्ट खेलाडी एस ओ एस स्कुल का रक्षा थापा,उत्कृष्ट गोलकिपर इन्द्रेश्वोर मा बि का सुसिला बस्नेत,उत्कृष्ट दिफेन्दर जुनु वाईवा र उच्च गोलकर्ता एस ओ एस स्कुल का काजल लुपलुङे घोषित भयो१विभिन्न बिधा मा उत्कृष्ट हुने खेलाडीहरु लाई पुरस्कृत गरेको थियोे ।

जिल्ला भर बाट छात्र मा २५ टिम र छात्रा मा ८ टिमको सहभागीता जनाएको थियो । कार्यक्रम संचालन काभ्रे जिल्ला फूटबल संघका सदस्य बिबेक भट्टराई ले गर्नु भएको थियोे । प्रतियोगिता मा प्रथम हुने टिम ले प्रदेश स्तरको प्रतियोगितामा सहभागी जनाउने अवसर प्रदान प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर मानन्धरले जानकारी गराउनु भयो ।