Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

महिला संघको नेतृत्वमा आरजु हावी भएपछि देउवाको गृहजिल्लामा भाँडभैलो

Saturday, July 6, 2019 National Power

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा नेपाल महिला संघको तदर्थ समितिको संयोजक मनोनयन गरिएको विषयमा विवाद उत्पन्न भएको छ । नेपाल महिला संघ केन्द्रीय समितिले डडेल्धुरा महिला संघ तदर्थ समितिको संयोजकमा कलावती बोहरालाई मनोनय गरेपछि विवाद बाहिर आएको हो ।

यता कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले लेटरप्याडको दुरुपयोग गरी संयोजक चयन गरिएको दाबी गरेका छन् । सभापति मल्लले महिला संघ डडेल्धुराको विषयमा सामाजिक संजालका अनर्गल प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।

साथै उनले पार्टीको महत्वपूर्ण भागिनी संगठन नेपाल महिला संघ डडेल्धुरालाई खेलौना बनाउने प्रयास भइरहेको पनि जिकिर गरे । उनले जिल्ला कार्य समितिमा बोहराको मनोनयनबारे आधिकारिक जानकारी नआएको समेत रातोपाटीलाई बताए । यता नेपाल महिला संघले भने वर्तमान संयोजक कमला विष्ट नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसक्ने निष्कर्ष सहित बोहोरालाई संयोजकमा मनोनयन गरेको जनाएको छ ।

संयोजकबाट हटाइएकी विष्टले भने अध्यक्ष अधिवेशन गर्न असक्षम भए त्यही कार्यसमितिको उपाध्यक्ष कसरी सक्षम भइन् भन्दै आक्रोश व्यक्त गरिन् । संघ अधिवेशनको तयारीमा जुटेका बेला केन्द्रबाट हुकुमी शैलीमा आफूमाथि अन्याय गरिएको उनको दाबी छ ।

विष्टले भनिन् ,‘यहाँ हामी अधिवेशनमा जुट्दै थियौँ । माथिबाट हुकुमीशैलीमा मलाई बर्खास्त गरिएको पत्र बाहिर आयो । त्यसमा पनि महिला संघको केन्द्रीय समितिको निर्णय भनिएको छ । मैले केन्द्रीय समितिमा रहेका केही दिदीलाई सोधेँ बैठक बसेको कसैलाई थाहा छैन ।’

बोहरालाई सभापति देउवाकी पत्नी आरजु राणाको जोडबलमा केन्द्रीय अध्यक्ष उमा रेग्मीले मनोनयन गरिएको स्रोत बताउँछ । पछिल्लो समय देउवा पत्ती राणा र जिल्ला सभापति मल्लबीच निकै खटपट छ । डडेल्धुरा काँग्रेसमा लामो समयदेखि चर्को गुटबन्दी भइरहेको छ । महिला संघ विवाद पनि त्यही गुटबन्दीको परिणाम भएको जिल्लाका एक नेताले बताए । वर्तमान महिला संयोजक कमला विष्ट मल्ल पक्षकी हुन् भने बोहोरा पूर्व जिल्ला सभापति रघुवर भट्ट निकट मानिन्छन् । भट्टलाई देउवापत्नी राणाको बलियो समर्थन रहेको बताइन्छ ।