Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पुणेमा पर्खाल भत्किँदा १७ जनाको मृत्यु

Saturday, June 29, 2019 National Power

काठमाडौं – भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार राति अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ । एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । पुणेको प्रमुख जिल्ला अधिकारीले ठेकेदारको लापरवाहीले पर्खाल भत्किएको भन्दै कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।