Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

शंकर थापा स्माइलको स्वरमा सुजन मार्फा तामाङ अल राउण्डरु बन्दै

Saturday, June 29, 2019 National Power

काठमाडौँ – गायक शंकर थापा स्माइलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो अल राउण्डरु सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल गायक शंकर थापा स्माइलको सुमधुर आवाज रहेको म्युजिक भिडियो अल राउण्डरु भर्खरै मात्र भाबसागर ईण्टरटेन्मेण्ट बाट सार्बजनिक भएको हो ।

सयौ चर्चित गीतहरुको सर्जक बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक शंकर थापा स्माइलको संगीत रहेको सार्बजनिक गीतमा र्यापर सुदिप अनडिफिटेडको र्याप रहेको छ । छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा डान्स प्लस ४ का फस्ट रनरअप सुजन मार्फा तामाङ तथा एलिएड २० क्रिउलाइ फिचरिङ गरिएको छ ।