Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शंकर थापा स्माइलको स्वरमा सुजन मार्फा तामाङ अल राउण्डरु बन्दै

Saturday, June 29, 2019 National Power

काठमाडौँ – गायक शंकर थापा स्माइलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो अल राउण्डरु सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल गायक शंकर थापा स्माइलको सुमधुर आवाज रहेको म्युजिक भिडियो अल राउण्डरु भर्खरै मात्र भाबसागर ईण्टरटेन्मेण्ट बाट सार्बजनिक भएको हो ।

सयौ चर्चित गीतहरुको सर्जक बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक शंकर थापा स्माइलको संगीत रहेको सार्बजनिक गीतमा र्यापर सुदिप अनडिफिटेडको र्याप रहेको छ । छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा डान्स प्लस ४ का फस्ट रनरअप सुजन मार्फा तामाङ तथा एलिएड २० क्रिउलाइ फिचरिङ गरिएको छ ।