Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

विष्णुमाया लो का लागी गीतकार दिलिप योञ्जनद्धारा शौक्षिक सहयोग

Saturday, June 29, 2019 National Power

काठमान्डाँै – एक वर्ष देखि बुवा र आमामा घाँटीको क्यान्सर भएपछी आर्थिक रुपमा कमजोर बनेकी कक्षा १२ मा अध्ययनरत बालिका विष्णु माया लोको लागी सहयोग रकम आज साहित्यकार विना थिङले हस्तान्तरण गर्नुभएको छ । विष्णु मायाका लागी अमेरिकामा बस्दैँ आउनुभएका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङले नगद २५००० सहयोग गर्नुभएको छ । साथै उहाँले बालिकाको उच्च शिक्षाका लागी आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

कोरियामा रहनुभएको मान कुमार लामाले आफ्नो जन्मदिनको अवसर पारेर औषधि उपचारको लागि रु ५,००० नगद उपलब्ध गराउनु भएको छ । कमजोर आर्थिक अवस्थामा भएको कारण शौक्षिक भविष्यका लागी आफुले निरन्तर सहयोग गर्ने गीतकार योञ्जनले बताउनुभयो । शिक्षाको ज्योतिबाट कोही बालबालिका पनी टाढा नहुन भन्नको लागी उहाँले निरन्तर सहयोग गदैँ आउनुभएको छ ।

केही समय अगाडि उहाँले काठमान्डाँैको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३ लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराउनुभएको थियो ।