Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नारायण पाण्डेको कमेडी “तीजको गीत बजारमा (भिडियो)

Friday, June 28, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रे
१३ , असार / काभ्रेपलान्चोक – बनेपा तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

प्रत्येक बर्ष जस्तै नजिकिदै गरेको तीजको अवसर पारेर सयौंको संख्यामा तीजका गीतहरु बजारमा आएका छन् यसै मध्ये भर्खरै “सुमार्ग फिल्म प्राली”ले नयाँ तीजको गीत “दुई जिब्रे” बजारमा ल्याएको छ । जुन गीतमा अहिलेको राजनीतिक परिवेशलाइ व्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

यस गीतको रचना र स्वर नारायण पाण्डेको छ र संझना भण्डारीले साथ दिनु भएको छ ।”म्युजिक भिडियो एल्बमको उत्पादक वितरक (सुमार्ग फिलिम्स प्रालिले गरेको छ। गीतमा यादब देबकोटा ९सरापे ० र आशा खड्का ९सुकमाया०को अभिनय रहेको छ १ यसमा म्युजिक एरेन्जर कृष्ण भान्जा,रेकर्ड बिमल छिनाल र भिडियो डाइरेक्सन काजिस श्रेष्ठको रहेको छ ।
हेर्नुहोस यो रमाइलो भिडियोhttps://youtu.be/sfn8YI6PjMM