Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नारायण पाण्डेको कमेडी “तीजको गीत बजारमा (भिडियो)

Friday, June 28, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रे
१३ , असार / काभ्रेपलान्चोक – बनेपा तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

प्रत्येक बर्ष जस्तै नजिकिदै गरेको तीजको अवसर पारेर सयौंको संख्यामा तीजका गीतहरु बजारमा आएका छन् यसै मध्ये भर्खरै “सुमार्ग फिल्म प्राली”ले नयाँ तीजको गीत “दुई जिब्रे” बजारमा ल्याएको छ । जुन गीतमा अहिलेको राजनीतिक परिवेशलाइ व्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

यस गीतको रचना र स्वर नारायण पाण्डेको छ र संझना भण्डारीले साथ दिनु भएको छ ।”म्युजिक भिडियो एल्बमको उत्पादक वितरक (सुमार्ग फिलिम्स प्रालिले गरेको छ। गीतमा यादब देबकोटा ९सरापे ० र आशा खड्का ९सुकमाया०को अभिनय रहेको छ १ यसमा म्युजिक एरेन्जर कृष्ण भान्जा,रेकर्ड बिमल छिनाल र भिडियो डाइरेक्सन काजिस श्रेष्ठको रहेको छ ।
हेर्नुहोस यो रमाइलो भिडियोhttps://youtu.be/sfn8YI6PjMM