Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

महिलाहरुमाथि काँटी घोप्ने आक्रमणकारी पक्राउ

Friday, June 28, 2019 National Power

काठमाडौं – महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परे । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ ।

आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तथ तनावमा थिए । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् । उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख ९एसएसपी० सहकुल थापा भन्छन्, ‘उनले सुरुमा काठ र पछि काँटीले घोपेको हुँ भनेका छन् । यसबारे हामी थप अनुसन्धान गर्दैछौं ।’