Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

रसाईलीको अमिलो निबुवा…………

Friday, June 28, 2019 National Power

लामो समय देखि अस्ट्रेलियामै रहेर धेरै हिट हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि  जम्ने   कोसिसमा छन। गायक रसाईलीको नयाँ गीत  “अमिलो निबुवा” को म्युजिक भिडियो रिलिज भएको छ । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज  रहेको छ  भने गायक रसाईलीलाइ  गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन। “अमिलो निबुवा”मा टिकटकका सर्वाधिक हिट ट्वीन गर्लस् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा , दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ , शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ जुन टिमको यस अघिको हाम्रो माया जिन्दावादलाइ अत्त्यधिक मन पराइएको थियो । हाम्रो माया जिन्दावाद बोलको सफलता पछि सार्वजनिक भएको उक्त डान्सिङ गीतमा माया पिरतीको भाव समावेश गरिएको छ । 

  “अमिलो निबुवा”  भिडियोलमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ । हाल अस्ट्रेलियाको लोकप्रिय नेपाली च्यानल ‘हेल्लो अस्ट्रेलिया टिभी ‘मा आबद्ध गायक जीवन रसाईलीले यस गहि पनि धेरै सामजिक चेतनाका  र कमर्सियल गीतहरु गाइसकेका छन भने उनले नेपली लगायत पन्जाबी, हिन्दी , भियतनामी ,इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन।