Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

किराँत भजल संगालो जय किराँत बजारमा

Friday, June 28, 2019 National Power

जन्मथलो भुटान, कर्मभुमी नेपाल हुँदै हाल अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्दै आउनुभएका श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकारका रुपमा चिनिनुहुन्छ । सानोदेखिनै संगीतप्रति रुचि राख्ने र गितार, मादल, तबला हारमोनियमप्रति आकर्षित सुहाङ धेरै वर्षसम्म किराँत धर्मस्थल माङसेबुङ लारुम्बामा केन्द्रिय कलाकारको रुपमा काम गर्नुभएको छ । कक्षा १० सम्मको अध्ययन नेपालमै सकेर उच्च माध्यमिक तहको शिक्षा भारतबाट गर्नुभएका सुहाङ सहयोगी भावना भएका व्यत्तित्व हुनुहुन्छ । दुखि, गरिब र सहयोगको अक्षेक्षा गर्नेलाई सहयोगको हात फैलाउने उहाँको विशेषता रहेको छ ।

सानैबाट कविता, गजल र कथाहरु लेख्दै आउनुभएका उहाँका हालसम्म धेरै गीतसंगीतहरु बजारमा आईसकेका र केही आउने क्रममा रहेका छन् । भर्खरमात्र किराँत भजल संगालो जय किराँत बजारमा आएको छ । उहाँको पहिलो लेख २०६३ सालमा पुर्वान्चलबाट प्रकाशित भएको थियो ।

पहिलो कविता
भन्ने गर्छन् प्रेम बाँच्ने आधार हो रे
दुईवटा कोमल मुटुहरुको धार हो रे
फराकिलो मन भएका प्रेमीहरुका लागी
दुबो मौलाईरहेको विशाल टार हो रे
त्यसो त धोकेबाजहरुका सबैका लागी
प्रेम नै हजारौ मुटुको बलात्कार हो रे

घरपरिवारबाट पहिला त्यक्ति साथ नपाएपनि पछि भरपुर साथ र सहयोग पाएका सुहाङ आफ्नै स्थानिय क्लबमा आवद्ध भएका र हाल किराँत कल्चरल सोसाईटि अफ नेब्रास्काका सचिव हुनुहुन्छ । विभिन्न कार्यव्यस्तताका बाबजुतपनि सृजनशिल कार्यका अघि बढीरहनु भएका मुकेश सुहाङलाई आगामि दिनमा सफलताको शुभकामना ।