Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

ज्योतिको कती रातहरु…

Thursday, June 27, 2019 National Power

काठमाडौं – चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाशको स्वर र संगीतमा रहेको कति रातहरु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यस अघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरी लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यस पटक
पनि नेपाली सुगम संगीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् । नेपाली चित्रकलामा ख्याति कमाएका अझ भनौं प्रख्यात चित्रकारले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाइमा लैजान सक्ने प्रसस्त सम्भावना देखिन्छ । सानै देखि कला, संगीत र साहित्यमा रुचि भएका गायक ज्योतिको यस सार्बजनिक गीतको भिडियोमा नेपाली समसामयिक विषय बस्तु उठान गरिएको छ ।

चन्द्र भट्टचनद्वारा लेखिएको यस गीतलाई गायक ज्योति प्रकाशले आफैं संगीत भरेका छन् । यस कति रातहरु बोलको गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सन्तोष पिथाकोटी मगरले खिचेका हुन् । मिलन कार्की आफैंले सम्पादन गरेको यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय रहेको छ । यस गीतलाई परेली संगीतको युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।