Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

धरेलले जिते क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड

Thursday, June 27, 2019 National Power

टोरोन्टो – नेपाली मुलका डा. तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जित्न सफल भएका छन् । क्यानडामा रहेका विभिन्न देशका २५ जनालाई उत्कृष्ट आप्रवासी अवार्ड दिने गरिन्छ । रोयल बैंक अफ क्यानडाको मुख्य प्रायोजनमा क्यानडियन इमिग्रेन्ट म्यागेजिनले पेशा, सामाजिक कार्य लगायत विभिन्न पक्षहरु विचार गरेर हरेक वर्ष उत्कृष्ट २५ जनालाई यो अवार्ड दिने गर्दछ ।

एक हजार बढी आप्रवासीबीच भएको प्रतिस्पर्धामा डा। धरेल पनि उत्कृष्ट २५ भित्र परेर अवार्ड जित्न सफल भए । नेपाली मूलका धरेलसँगै सिरिया, लेबनान, दक्षिण कोरिया, भियतनाम, जमैका, भेनेजुएला, युगाण्डा, चिन, हङकङ, नाइजेरिया, इरान, भारत, पाकिस्तान, फिलिपिन्सका २५ आप्रवासी यस वर्षको अवार्डबाट सम्मानित भएका छन् ।

टोरोन्टोमा आयोजित एक समारोहमा अवार्ड पाएपछि स्थानिय सञ्चारमाध्यमसँग कुरा गर्दै डा. धरेलले विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका दूत गौतम बुद्ध र गोर्खालीले चिनिएको नेपालको प्रनिधित्व गर्दै आफूले यो अवार्ड ग्रहण गरेको बताए ।

डा. धरेलले आफूले प्राप्त गरेको नगद पुरस्कार नेप्लिज क्यानडियन हेरिटेज (नेपाली शिव मन्दिर) लाई दिने घोषणा पनि गरे । यो अवार्डबाट आफ्नो समुदायमा अझै प्रतिबद्ध भएर काम गर्न ऊर्जा मिलेको उनले बताए । साथै आफूलाई जिताउन अनलाइन भोट गरेर सहयोग पुर्‍याउने क्यानडावासी नेपालीलगायत देश विदेशबाट पनि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।