Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

व्याकुल माइलाको ‘पग्ली बग्ने हिउँ नदी’ सार्वजनिक (भिडियोसहित)

Wednesday, June 26, 2019 National Power

काठमाण्डौ – प्रवेश राईको स्वरमा रहेको ‘पग्ली बग्ने हिउँनदी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय गानका रचयीता व्याकुल माइलाको शब्दमा जसिहाङ राईले संगित भर्नुभएको गीतको भिडियो बुधबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । कार्यक्रममा बौल्दै वरिष्ठ गीतकार व्याकुल माईलाले आफ्नो रचनालाई स्वर, संगित र भिडियोले सोचेभन्दा बढि न्याय गरेको बताए । आधुनिक शैलीमा लेखिएको गीतलाई तामाङ सेलोमा ढालेर संगित भर्नु कठिन कार्य भएको बताउँदै उहाँले यस्तो संयोजन आफ्ना लागि ठुलो उपलब्धी भएको बताए ।

फरक उद्देश्यहरुको संयोजनले निखारता ल्याएजस्तै यस गितले पनि ज्यादा महत्व पाउने बताए । राम्रो शब्द हुँदा हुँदै पनि संगित र भिडियोमा गरिएको लापर्वाहीले आफ्ना दर्जनौँ गीतहरु गुमनाम भएको गीतकार माईलाले दुखेसो गर्नुभयो । पग्ली बग्ने हिउँनदी सम्पुर्ण रुपमा स्तरिय रहेकाले श्रोताले रुचाउने उहाँको विश्वास छ ।

संगितकार जसिहाङ राईले राष्ट्रिय गानका रचयीताको शब्दमा संगित भर्नु पाउनु ठुलो अवसरको रुपमा लिएको बताए । गीतको म्युजिक भिडियो निर्देशन नृत्य निर्देशक केशव कोइरालाको रहेको छ भने भिडियोमा फिचरिङ्ग देवराज गुरुङ, सोनम थुलुङ राई र सुमन तामाङ को रहेको छ । गाउँले इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा छायाङकन र सम्पादन गंगाराम राईको रहेको छ ।

गायक प्रवेश राई नेपाली साङ्गीतिक आकाशमा उदाउँदो व्यक्ति हुन । प्रथम सोलुखुम्बु गायनस्टर राईले यस अघि ‘केही सिक्न चाहन्छौ’ बोलको गीत गाउनुभएको थियो । ‘पग्ली बग्ने हिउँनदी’लाई उदभव नामक एल्वममा समेट्ने गरी तयारी भइरहेको राईले बताए ।