Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

देशका २० स्थानमा संकास्पद वस्तु फेला, ७ जना पक्राउ

Tuesday, June 25, 2019 National Power


काठमाडौं– बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ९ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ परेका छन् । यसैगरी कास्कीबाट १ जना मकवानपुरबाट १ जना र पश्चिम रुकुमबाट एक जना पक्राउ परेका छन् ।

यसैगरी देशका २० स्थानमा संकास्पद बस्तु फेला परेकोमा ९ वटा शंकास्पद बस्तु आतंक सिर्जना गर्नेगरी नक्कली वस्तु मात्रै राखिएको पाइएको छ। अन्य शंकास्पद बस्तु भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले ३ स्थानमा ग्यास सिलिन्डर बम फेला परेको जनाएको छ । यस्तै २ स्थानमा सकेट बम, एक स्थानमा सुतली बम, एसिड बम र टाइम बम फेला परेको छ भने ४ ठाउँमा तोडफोटको घटना भएको छ ।