Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विवाह गर्छु भन्दै शारीरिक सम्पर्क, त्यसपछि………

Sunday, June 23, 2019 National Power

ललितपुर – फेसबुकमार्फत चिनजान भएर विवाह गर्छु भन्दै शारीरिक सम्पर्क राखेर एक किशोरीलाई गर्भवती बनाएर छाड्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका विजय तामाङ रहेका छन् । ०७५ मंसिर ७ गते तामाङले १७ वर्षीया किशोरी ९नाम परिवर्तन० आरलाई विभिन्न प्रलोभनमा पारेर कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी वृत्त सातादोबाटका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

आरलाई शारीरिक सम्बन्ध राख्न लगाएर लगत्तै फरार भएका तामाङलाई सातदोबाटो प्रहरीले लुकिछिपी बसेको अवस्थामा गोदावरी नगरपालिका–४ ठैबुबाट पक्राउ गरिएको डीएसपी मिश्रले बताए । तामाङले यसअघि पनि एक युवतीलाई विवाह गर्छु भनेर शारीरिक सम्बन्ध राखेर फरार भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । हालैपनि कोठामा एक युवतीलाई विवाह गर्छु भन्दै तामाङले ल्याएर राखेको पाइएको छ ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत ललितपुरबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।