Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्रमा नृत्य एक दिने कार्यशाला सम्पन्न

Saturday, June 22, 2019 National Power

काठमाडौं- नेपाल चलचित्र नृत्य संघले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न गरेको छ । राजधानीमा नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको संघ नेपाल चलचित्र नृत्य संघले शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमको उद्घाटन चलचित्रको मुर्हत शैलीमा गरिएको थियो ।
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष सुसचित्रा श्रेष्ठ, नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामालगायतले नेपाल चलचित्र नृत्य संघले गरेको कार्यशालाका निम्ति शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्षलगायत सबै सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिति केशव भट्टराईले चलचित्र क्षेत्रको विकास गर्नका लागि कार्यशाला, गोष्ठि हुन जरुरी र संघ संस्थाहरु मर्यादित भएर आफ्ना सदस्यहरुलाई सिष्टममा ल्याउन जरुरी रहेको बताए । नेपाल चलचित्र नृत्य संघका वसन्त श्रेष्ठले छायाँकन अवधिमा छिटो–छरितो तवरले छायाँकन, मौलिकता, इतिहास, संस्कृति, भेषभुषा, सङ्गीत आदिको ज्ञान आर्जन हुनका साथै यो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्वद्र्धन र चलचित्रकर्मीहरुलाई फाइदा पुर्याउने बताए ।

गोविन्द प्रभात कार्यक्रम संयोजक रहेको कार्यशालाको प्रशिक्षकमा क्यामेरामा गौरी शंकर , निर्देशकमा लक्ष्मी नारायणा शर्मा, नृत्यमा कमल राई र राजु शाह रहेका थिए भने अचुत घिमिरेले
नृत्यको इतिहास माथि प्रकाश पारेका थिए । कार्यशालामा काठमाडौं र मोफसलबाट कला क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यशाला निक्कै उपयोगी रहेको बताए । नेपाल चलचित्र नृत्य संघले आगामी दिनमा पनि यस्तै अन्य कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम संयोजक गोविन्द प्रभातले जानकारी गराए । कार्यशालाको मोटिभेटरमा अस्तिभा शास्त्री र डीपी आत्रेय रहेका थिए