Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अभियोग सावित गर्न नसक्ने देखेपछि इन्काउन्टर हुन्छः शर्मा

Saturday, June 22, 2019 National Power

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टर संस्कृति बढे कानुनी राज्यको उपहास हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले प्रहरीलाई कुनै पनि अभियुक्त पक्राउ परेपछि प्रमाण संकलन गरेर मुद्दा दायर गर्दा सफल भइन्न भन्ने लागेपछि इकाउन्टर गर्ने क्रम बढेको बताएका हुन् । उनले भने, ‘इन्काउन्टर सजिलो उपाय रहेछ । कुनै अपराधको अपराधीलाई समातेर मुद्दा दायर गर्न यथेष्ट प्रमाण संकलन गर्नुपर्छ । तर प्रहरीलाई लाग्यो कि प्रमाण संकलन गरेर मुद्दा दायर गर्दा सफल भइँदैन भने उसले इन्काउन्टरको नाम दिन्छ ।’

इन्काउण्टरमा मृत्यु भएको घटनाहरुलाई आयोगले अध्ययन गरिररहेको उनले बताए । हालै मात्र सर्लाहीमा भएको भनिएको भिडन्तमा नेत्र विक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको छ । यसबारे अध्ययन गर्न आयोगले टोली नै खटाएको छ ।