Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लहानमा पहिलो पटक फेशन शो सम्पन्न

Tuesday, June 18, 2019 National Power

ईटहरी- फेसन सो भन्ने बितिकै हाम्रो समुदायमा गलत दृष्टिकोणले हेर्ने गरिन्छ । त्यहिमाथि तराइमा अर्थात मधेसी समुदायमा त यो पुर्ण रुपले बन्देजनै छ भन्दा पनि फरक पदैन् । तराई समुदायमा फेसन सो गर्नु भनेको चुनैतिमा हाम फाल्नु जतिकै हो । नेपाली समुदायले यो फेसन सो अझै पनि सहज रुपले स्वीकार गरीसकेको छैन्, तराई समुदायले त यो सुईकार गर्ने कुरै भएन । तराइमा फेसन सो गर्दा लाखौ चुनैतिको बाबजुत पनि जेष्ठ ३२ गते लाहानमा लहान फेस्ट २०१९ स् फेसन शो एण्ड म्युजिकल कन्सर्टू सम्पन भएको छ । लहानमा भएको उक्त फेसन सो काठमाडौको एल एण्ड एन मोडल एजेन्सीले पहिलो पटक गरेको थियो । हेर्नुस उक्त शोको भिडियो

उक्त शो एजेन्सीले लहानमा भब्य र सब्य रुपले सम्पन गराएको छ । यसअघि यसै कम्पनिले मिर्चयामा पनि यस्तै फेसन शो सफल सम्पन्न गरिसकेको छ । लहान फेसन सो को प्रमुख आकर्षणको रुपमा चर्चित गायक तथा संगितकार कमल खत्री थिए । पछिलो समय खत्री आफ्नो गितबाट मोडलको रुपमा पनि परिचित हुदै आएका छन् । उक्त शोमा खत्रीले आत्मामा, जाउला रेलैमा, मलाई गोली हान्यो, झुमा झुमा, लगायतका गितहरु गएका थिए । यस्तै पछिलो समय चर्चित लोक गित लालुमैु गित गाएर एकाएक चर्चा बटुलेका लोक गायक सन्दिप न्यैपानेको पनि प्रस्तुति रहेको थियो ।

फेसन सो को अर्का आकर्षण थिए उदयमान गायक कर्ण राज गिरी, जस्ले तिम्रो हेराई लजालुु, तिमै लागि माया यो ज्यानै हाजिर छु लगायतका गितहरु गाएका थिए । अर्का कलाकार छिरीङ लामाले भने भोजपुरी र अन्य गितमा नृत्य देखाएकि थिइन भने अन्य स्थानिय कलाकारको पनि बेजोड प्रस्तुति रहेको थियो । यसैगरि लहान भित्र फेशन शो वा र्याम्प मोडलिङ्गमा लुकेर बसेका दर्जन बढि युवायुवतीहरुले विभिन्न भेषभुषाहरुमा आफ्नो र्याम्प प्रस्तुति देखाएका थिए । यता मिर्चयामा को फेशन शोमा सहभागी युवायुवतीहरुले पनि र्याम्प गरेका थिए । बाटिका टुरीजम पार्क लहानमा सम्पन्न ुलहान फेस्टुमा सम्पुर्ण र्याम्प मोडलहरुलाई लहानको स्थापित ुस्मार्ट टेलर्सुले ड्रेस डिजाईन गरि उपलब्ध गराएको थियो ।