Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु चार जना घाइते

Tuesday, June 18, 2019 National Power

काठमाडौं – बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने थप चार जना घाइते भएका छन् । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।

जीप खसेको स्थान अफ्ठ्यारो भीर भएकाले उद्दारमा कठिनाई भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली घटनास्थलमा पुगी सककेको बताइएको छ ।।