Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

समता अस्पतालमा झुण्डिएको अवस्थामा महिलाको शव फेलाः आफन्तले गरे तोडफोड

Tuesday, June 18, 2019 National Power

काठमाडौं- राजधानीको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । महिला मृत फेला परेसँगै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

२७ वर्षीया विमला तामाङको शव मंगलबार बिहान अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको हो । रामेछाप दोरम्बा घर भएकी उनी त्यही अस्पतालमा क्लिनरका रुपमा काम गर्दै आइरहेकी थिइन् । काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले समतामा कार्यरत तामाङको शव झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

यसबारे अनुसन्धानका लागि परिसरबाट डीएसपी होमिन्द्र बोगटीसहितको टोली घटनास्थल पुगेको छ । घटनापछि आफन्तले अस्पतालको तोडफोडमा उत्रिएका छन् । तोडफोडपछि अस्पताल अशान्त बनेको छ ।