Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

शिवालय माविमा अभिभावक भेला

Thursday, June 13, 2019 National Power

पोखरा- कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविमा बिहीबार अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको गुणस्तरीय सुधारका लागि छलफल गर्ने उद्देश्यले आयोजित भेलामा अभिभावकले विभिन्न सुझाव दिएका थिए । निःशुल्कको ठाउँमा आफूहरु शुल्क तिर्न पनि तयार भएको तर गुणस्तर भने बढ्नुपर्ने उनीहरुको राय थियो । शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष तथा अभिभावक श्रीकृष्ण सुवेदीले विद्यालयले चालेका हरेक सकारात्मक कदममा अभिभावकले साथ दिने बताए । उनले बच्चाको सुन्दर भविष्यका लागि आफूहरु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाले आफूहरुले व्यक्तिगत कामलाई छोडेर पनि विद्यालयको प्रगतिका लागि प्रयास गरेको बताए । उनले हरेक काममा अभिभावकको सल्लाहअनुसार विव्यस अघि बढेको भनाइ राखे ।

शिक्षक अभिभावक सङ्घकी अध्यक्ष लीला ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले अभिभावक अभिमुखीकरण गरेका थिए । उनले आफ्ना बच्चाका गतिविधिलाई पहिलो प्राथमिकतामा राखेर हेर्न अभिभावकसँग आग्रह गरे । बच्चालाई पढाइ, अनुशासन र सामाजिक रुपमा सक्षम बनाउन अभिभावकले खेल्नुपर्ने भूमिकामाथि उनले प्रकाश पारेका थिए ।

सो अवसरमा वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेती, विद्यालय व्यवस्थपन समितिका सदस्य दुर्गाबहादुर विक, धनपति ओझा, शिक्षक अभिभावक सङ्घका सदस्य रामचन्द ओझा, हिमलाल ढुङ्गाना, अभिभावक लक्ष्मी अधिकारी, विष्णु पौडेल, भीमबहादुर नेपाली, विव्यसका शिक्षक प्रतिनिधि बिना तिमल्सेना, शिक्षक ऋषिराम ओझालगायतले आफ्ना विचार राखेका थिए ।