Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पोखरामा प्रहरी र लागुऔषध प्रयोगकर्ताबीच हातपात, प्रहरीले गोली हान्यो (भिडियो)

Thursday, June 13, 2019 National Power

पोखराको उत्तमचोकमा बुधबार गोली चलेको छ । गोबिन्द थापामाथी प्रहरीले गोली चलाएको हो । उत्तमचोकमा लागू औषध बोकेर हिडिरहेका जोन भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको हो । उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी आइलागेका थापालाई गाली चलाएको बताईएको छ ।
उनको बायाँ खुट्टामा गोली लागेको छ । घाइते थापालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हतियार खोस्न खोज्दा नदिएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक गणेश सुवेदीको कमाण्डमा गएको टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । थापा कतारमा पनि लागू औषध कारोबारी थिए । उनीमाथी यसअघि नै ज्यानमारा मुद्धामा परेका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।