Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रितम आचार्यलाई बाल सद्भावना दुत घोषणा, नगर गीत पनि उनकै आवाजमा

Thursday, June 13, 2019 National Power

इटहरी – इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ । एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वाल सदभावना दुत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गर्नुभयो । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिनुभयो । हेर्नुस सो कार्यक्रमको भिडियो

उहाँले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको वताउनुभयो ।प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गर्नुभयो । वालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सर्पोट र माया प्रति धन्यवाद दिनुभयो ।

सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गर्नुभएको थियो । प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन । प्रितमले वालसदभावना दुत घोषणा कार्यक्रममा देशले रगतमागे मलाईवलि चढाउ वोलको चर्चित गीत गाए ।