Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

दूतावासको सहयोगमा घर फर्किए आबुधाबीमा अलपत्र ७ नेपाली

Thursday, June 13, 2019 National Power

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा अलपत्र ७ नेपाली त्यहाँस्थित नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका छन् । कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो ।

दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् । यीमध्ये ४ जना मंगलबार र ३ जना बुधबार स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

काठमाडौंको महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत यूएई आएका उनीहरु एक कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत थिए थिए । तर, कम्पनीले तलब नदिएर उनीहरुलाई अलपत्र बनाएको थियो । कम्पनीले अलपत्र पारेपछि पीडित कामदारले एक महिनाअघि समस्याबारे दूतावासलाई अवगत गराउँदै निवेदन दिएका थिए । पीडितको उजुरीपछि दूतावासले पहलकदमी लिएर नेपाल फर्काएको हो ।

नेपाल फर्कनेमध्ये ४ जनालाई कम्पनीले करार अवधि पूरा नभएको भन्दै जरिवानासमेत तिराएको छ । दुई वर्षे करार अवधि पूरा नभइ फर्कनु परेकाले मेनपावर कम्पनी जिम्मेवार हुनुपर्ने पीडितको भनाइ छ । युएई पठाउने मेनपावरले भने समस्या समाधानमा प्रतिवद्ध रहेको जनाएको छ ।

मोरङका सन्तोष गुरुङले आफूहरुले पाउनुपर्ने पूरा तलब नपाएको गुनासो गरे । कम्पनीले १ महिनाको ८ सय दिराम तलब दिए पनि उल्टै जरिवाना गराएको उनले बताए । कम्पनीले दिएको पैसा खाना खान ठिक्क भएपछि साथीसँग ऋण लिएर घर फर्कन लागेको उनको भनाइ छ । उनीसँगै सानु, गया र इन्द्र आफैं टिकट काटेर फर्किएका छन् ।

अन्य ३ जनाको भने एकमहिनाको तलवबाट कटाएर कम्पनीले हवाईटिकट उपलब्ध गराएको छ । तर ६ महिनादेखि ओभरटाइम गर्दाको पैसा भने नदिएको बुटवलका हरिप्रसाद गैरेले जनाए । उनीहरु १० महिनादेखि उक्त कम्पनीमा काम गदै आएका थिए ।

यता दुवईमा रहेका अन्य ५ जनाले पनि नेपाल फर्कने जनाएका छन् । उनीहरुले कम्पनीमा राजीनामा समेत बुझाइ सकेको पीडित शिशिर राईले बताए ।