Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

दूतावासको सहयोगमा घर फर्किए आबुधाबीमा अलपत्र ७ नेपाली

Thursday, June 13, 2019 National Power

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा अलपत्र ७ नेपाली त्यहाँस्थित नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका छन् । कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो ।

दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् । यीमध्ये ४ जना मंगलबार र ३ जना बुधबार स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

काठमाडौंको महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत यूएई आएका उनीहरु एक कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत थिए थिए । तर, कम्पनीले तलब नदिएर उनीहरुलाई अलपत्र बनाएको थियो । कम्पनीले अलपत्र पारेपछि पीडित कामदारले एक महिनाअघि समस्याबारे दूतावासलाई अवगत गराउँदै निवेदन दिएका थिए । पीडितको उजुरीपछि दूतावासले पहलकदमी लिएर नेपाल फर्काएको हो ।

नेपाल फर्कनेमध्ये ४ जनालाई कम्पनीले करार अवधि पूरा नभएको भन्दै जरिवानासमेत तिराएको छ । दुई वर्षे करार अवधि पूरा नभइ फर्कनु परेकाले मेनपावर कम्पनी जिम्मेवार हुनुपर्ने पीडितको भनाइ छ । युएई पठाउने मेनपावरले भने समस्या समाधानमा प्रतिवद्ध रहेको जनाएको छ ।

मोरङका सन्तोष गुरुङले आफूहरुले पाउनुपर्ने पूरा तलब नपाएको गुनासो गरे । कम्पनीले १ महिनाको ८ सय दिराम तलब दिए पनि उल्टै जरिवाना गराएको उनले बताए । कम्पनीले दिएको पैसा खाना खान ठिक्क भएपछि साथीसँग ऋण लिएर घर फर्कन लागेको उनको भनाइ छ । उनीसँगै सानु, गया र इन्द्र आफैं टिकट काटेर फर्किएका छन् ।

अन्य ३ जनाको भने एकमहिनाको तलवबाट कटाएर कम्पनीले हवाईटिकट उपलब्ध गराएको छ । तर ६ महिनादेखि ओभरटाइम गर्दाको पैसा भने नदिएको बुटवलका हरिप्रसाद गैरेले जनाए । उनीहरु १० महिनादेखि उक्त कम्पनीमा काम गदै आएका थिए ।

यता दुवईमा रहेका अन्य ५ जनाले पनि नेपाल फर्कने जनाएका छन् । उनीहरुले कम्पनीमा राजीनामा समेत बुझाइ सकेको पीडित शिशिर राईले बताए ।