Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विदेशको उदाहरण दिएर छोरी बलात्कार गर्ने उपसचिव पक्राउ

Tuesday, June 11, 2019 National Power

काठमाडौं – ललितपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल सरकारको उपसचिव तहका अधिकारी छन् । पीडितको परिचय खुल्ने भएकाले उनको नाम प्रहरीले गोप्य राखेको छ । महोत्तरी घर भएर हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय ती कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको जोहरीमा उल्लेख छ ।

ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें । घटनाबारे आमालाई समेत जानकारी थियो ।

तर, परिवारकै बेइज्जती हुने भएकाले उनले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि बुबाको हर्कत नरोकिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ । छोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पक्राउ परेका कर्मचारीविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।