Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

विदेशको उदाहरण दिएर छोरी बलात्कार गर्ने उपसचिव पक्राउ

Tuesday, June 11, 2019 National Power

काठमाडौं – ललितपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल सरकारको उपसचिव तहका अधिकारी छन् । पीडितको परिचय खुल्ने भएकाले उनको नाम प्रहरीले गोप्य राखेको छ । महोत्तरी घर भएर हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय ती कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको जोहरीमा उल्लेख छ ।

ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें । घटनाबारे आमालाई समेत जानकारी थियो ।

तर, परिवारकै बेइज्जती हुने भएकाले उनले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि बुबाको हर्कत नरोकिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ । छोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पक्राउ परेका कर्मचारीविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।