Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

यो हो नेपालको प्राकृतिक ताज महल, हेर्नुस् देखेपछि जाउ/जाउ लाग्छ (भिडियो सहित)

Friday, June 7, 2019 National Power

ईटहरी र नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो, यो सबैमा जानकारी नै छ । बिश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा लगायत अन्य हिमालहरु साथै विभिन्न प्राकृतिक सौन्दर्यताले भरिएको छ । याँहाको यस्ता सुन्दर दृश्य हेर्न अथवा अबलोकन गर्न स्थानीय तथा अन्य ठाउँ लगायत विदेशबाट पनि पर्यटकहरु आउने जाने गर्दछन ।

कामको थकाई मेटिने, टेन्सनमुक्त हुने भएकाले र पारिवारिक मनोरंजन हुने भएकाले यस्ता रमणीय ठाउहरुमा मानिसहरुको चाप निक्कै बढेको पाइन्छ । यस्तै चर्चामा आउदै छ नेपालको उदयपुर जिल्लाको गाईघाटमा अबस्थित प्राकृतिक ताजमहल । जुन ठाउमा प्रचारको कमीले मानिसहरुको भिडभाड त्यति धेरै त हुदैन, तर जुन ठाउले तपाईलाई मोहित पार्ने छ । हेर्नुस् सो ठाउको भिडियो

यो प्राकृतिक ताजमहल हेर्दा अतिनै सुन्दर छ । जस्लाई हेर्दा मान्छेले आफ्नै हातले बनाएको कृतिम ताजमहल जस्तो देखिएता पनि वास्तवमा यो प्राकृतिक स्वरुप नै हो । आकाशबाट परेको पानीले भिरको माटो बगाउदा ताजमहलको रुप लिएको स्थानीय बासिन्दाहरुको भनाइ छ । हेर्दा ताजमहल जस्तो देखिने भएकाले यसको नाम ताजमहल भनेर स्थानीय नगरपालिका र गाउले मिलेर यसको नाम ताजमहल भनेर नामकरण गरिएको कुरा त्यहाका स्थानिय बताउछन ।

यसको यस्तो स्वरुप २०४२ सालमा भएको हो भने पछिल्लो समय यो ताजमहलमा केहि म्युजिक भिडियोहरु पनि छायांकन भैसकेको छ । फोटो खिच्दै घुम्नको लागि उपयुक्त ठाउ भएता पनि यसको संरक्षणको लागि भने स्थानीय सरकारबाट केहि पहल नभएको स्थानियहरु बताउछन । त्यतिमात्र नभई यहाँसम्म आइपुग्न सवारी साधनका लागि पनि उपयुक्त बाटो, खानबस्नको लागि उपयुक्त होटल पनि छैन । यदि सो ठाउलाई पर्यटकिय स्थलको रुपमा रुपान्तरित गर्ने हो भने एउटा गतिलो पर्यटकिय गन्तब्य यो प्राकृतिक ताजमहल बन्न सक्छ ।