Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

नक्कली इन्सपेक्टर पेप्सीकोलाबाट पक्राउ, सई फरार

Friday, June 7, 2019 National Power

प्रहरी भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने योहुना घलेमगर भने फरार छन् । लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको र घलेमगरको खोजीकार्य जारी रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनीहरुले जेठ २१ गते सडक पेटीमा हिँड्दै गरेका बल बहादुर सार्कीलाई हामी प्रहरीको इन्सपेक्टर र सई हौं भन्दै चेकजाँच गर्ने बहानामा लछारपछार बनाएर कुटपिट गरी अभद्र व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी काफ्लेले बताए । सो क्रममा सार्कीको मोबाइल समेत हराएको र सार्कीले प्रहरीमा दिएको जाहेरीको आधारमा उनीहरुलाई खोजतलास गर्ने क्रममा इन्सपेक्टर भन्दै हिँड्ने सौगातलाई प्रहरीले पक्राउ गरेको हो ।

डीएसपी काफ्लेका अनुसार उनीहरुले स्थानीयलाई प्रहरी हुँ भन्दै धम्क्याउँदै हिँड्ने गरेको पाइएको छ । यसअघि पनि ठगीका विभिन्न घटनामा उनीहरुको संलग्नता रहेको छ । पक्राउ परेका लुईटेलमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।