Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुरा

Sunday, June 2, 2019 National Power


काठमाण्डौ -नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । २०५८ जेठ १९ गते शुक्रबारका दिन तत्कालीन तत्कालिन राजा विरेन्द्र सहित राज परिवारका १० जनाको विभत्स हत्याभएको थियो । तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुख समेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो ।

तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा गरेको फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बनेको थियो । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन् ।

छानबिन समितिले उक्त हत्याकाण्ड युवराज दीपेन्द्रले नशाको सुरमा घटाएको प्रतिबेदन तयार गरेपनि आम सर्वसाधारणहरुले भने दिपेन्द्रले आफ्नै बाबु आमा, बहिनी र भाइ माथि गोली चलाए भन्नेमा बिश्वास गरेका छैनन । वीरेन्द्रको वंशनास भएपछि केही बर्ष ज्ञानेन्द्र शाहले राज्य चलाएका थिए । त्यस पछि राजनीतिले नयाँ मोड लिएको थियो ।

पटक पटक नयां परिवर्तन भयो तर राजा र राज्य संग जोडिएको हरेक घटना परिघटनाहरुलाई नयां सरकारले व्यवास्ता गरेको छ । राजदरवार हत्याकाण्डवारे सत्य तथ्य घटना के हुन सक्छ आम जनातामाझ यो विषय सधै कौतुहलताको विषय बन्दै गएको छ ।